The Highlights Nepal
THE HIGHLIGHTS NEPALद हाइलाइट्स नेपाल
· काठमाडौं 19°C
ब्रेकिङ
काठमाडौंमा कुखुराको मासु किन्दा अब प्रतिकेजी ३५० रुपैयाँ मात्र तिर्नुहोस्!  •  काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’  •  रुपल जैसवार राष्ट्रिय बजरंग दलको पर्सा जिल्ला अध्यक्षमा नियुक्त  •  हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा सञ्चालित ७ दिने आवासीय प्राथमिक शिक्षा वर्ग २०८३ को समापन कार्यक्रम वीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ ।  •  अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले सखुवाप्रसौनीमा तलब संकट, शिक्षकदेखि कर्मचारीसम्म दसैँमा पारिश्रमिकविहीन  • 
विज्ञापन2
राष्ट्रिय

प्रहरी दिवसका अवसरमा बिन्दवासिनी मन्दिर परिसरमा संयुक्त सरसफाइ कार्यक्रम सम्पन्न

२४ असोज २०८३ · 👁 46 पटक पढिएको
0Shares
f
प्रहरी दिवसका अवसरमा बिन्दवासिनी मन्दिर परिसरमा संयुक्त सरसफाइ कार्यक्रम सम्पन्न

प्रहरी दिवसका अवसरमा बिन्दवासिनी मन्दिर परिसरमा संयुक्त सरसफाइ कार्यक्रम सम्पन्न

बिन्दवासिनी (पर्सा) । प्रहरी दिवस तथा नेपालीहरूको महान् पर्व बडादशैँलाई मध्यनजर गर्दै बिन्दवासिनी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रहरी र एलाइड युथ सोसाइटीको संयुक्त आयोजनामा उक्त सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो।

​दशैँको समयमा मन्दिरमा श्रद्धालु भक्तजनहरूको बाक्लो उपस्थिति रहने भएकाले परिसरलाई स्वच्छ, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यका साथ यो अभियान चलाइएको आयोजकले जनाएको छ।

​कार्यक्रममा नेपाल प्रहरीका प्रतिनिधि, एलाइड युथ सोसाइटीका स्वयंसेवक तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले मन्दिर परिसरका विभिन्न भाग, मन्दिर वरपरका मार्ग तथा सार्वजनिक क्षेत्रहरूको सरसफाइ गरी सङ्कलित फोहोरको उचित व्यवस्थापन गरेका थिए।

​प्रहरी दिवसको सन्दर्भ पारेर आयोजना गरिएको यस सामाजिक कार्यले समुदाय र प्रहरीबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै चाडपर्वका समयमा धार्मिक स्थलहरूको स्वच्छता कायम राख्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित समाचार

नेतन्याहुको सत्ता संकटमा, कुर्सी गुम्ने सम्भावना बढ्यो !
काठमाडौंमा कुखुराको मासु किन्दा अब प्रतिकेजी ३५० रुपैयाँ मात्र तिर्नुहोस्!
धरानमा हवाई फायर गरी २ सय ९ किलो गाँजासहित पाँच जना पक्राउ
काँग्रेस ‘२.o’ को आवरणमा १८ करोडको वि*वाद ! गगनमाथि अमरेशको प्र*हार: ‘जनतालाई भाषण होइन, हिसाब चाहियो !’